Monday, December 30, 2019

एउटी युवती र म
-मिथिलेश आदित्य
धैरे दिनदेखि —
एउटी युवतीले राखेकी छे
आफूसंग एउटा रङ्गीन डायरी ।

यो डायरीको सादा पानामा
कहिलेकाहीँ लेख्छे ऊ
जीवनको एक्लोपन
र अनुभूत गर्छे शून्यता ।

म सोच्छु
आखिर अझ के लुकाएकी छे उसले
यो डायरीको पानामा
सायद सुनौलो भविष्य
अथवा आफ्नै प्रेमकथा
र अरु केही ।

ऊ लेख्न चाहदिन यो डायरीमा
ती कुरा
जसले हुनसक्छ अनर्थ
नाङ्गिन सक्छ पुरुष समाज
मेटिनसक्छ देशको भविष्य
अथवा ऊ आफ्ै हुनसक्छे
र्निवस्त्र ।

म सोच्छु
युवतीले दिनहुँ
यसरी नै लेखोस् डायरी
जहाँ होस कविता
गीत या गजल
अथवा  —
जीवनका लागि मार्गदर्शन
र शान्ति र अमन चैनका कुरा
म यही सोच्न सक्छु
युवतीको बारेमा
भलै उसले मलाई चिनोस या नचिनोस  ।

तर म सोच्छु
यस्तै—यस्तै  ।

एउटी युवती छे
ऊसंग एउटा डायरी छ
जहाँ कहिलेकाहीँ लेख्छे ऊ
जीवनको एक्लोपन
र अनुभुत गर्छे शून्यता  ।
०००

Saturday, December 28, 2019

जुत्ता मजदुर
-मिथिलेश आदित्य
मसँग जुन बेला
थिएन जुत्ता चप्पल
त्यस बेलाजुत्ता मजदुरहरू
मेरो खुट्टामात्र होइन
अनुहार पनि हेर्न चाँहदैन थिए

यो बेग्लै कुरा हो
त्यति बेलानाङ्गैं खुट्टा
यो धर्तीमा घुमें
प्रकृतिसँगनजिकिएँ
जसले मेरो दृष्टिशक्ति
अझ बढ्यो
यो संसारमा
हिड्न योग्यभएँ
पढ्न थालें
जीवनको शब्दकोश
नाता सम्बन्धको अप्ठ्यारो ब्याकरण
जाने संसारकायावत कुराहरू

तर आजजुत्तामजदुरहरू
औधीखुसी छन्
मेरो जुत्ता चप्पल देखेर
सायद सोच्लान्
जुत्ताचप्पलको कामलिएर
आउँछु मउनीहरू नजिक
बढाउँछु
उनीहरूको रोजीरोटीको ब्यापार
त्यसैले हिजो अपरिचित
आज परिचित छु
उनीहरूसँग
उनीहरू मलाई
चिन्द्छन
बुझद्छन
मउनीहरूलाई चिन्दछु
तर उनीहरू अपेक्षित परिवर्तित छु

अब
आफ्नो जुत्ताचप्पल आफैँ मरम्मत गर्छ
शिल्प कलाले चम्काउँछु टिलिक्क
वितेका दिनहरूले मलाई
एउटा शिक्षा दिएको
काम मान्छे भन्दा ठूलो हो
काम भन्दा ठूलो मान्छे हुन सक्दैन
जात विभाजन
मान्छेको कामले होइन
उसको ब्यवहारले गर्छ
सङ्गकीर्ण सोँचले गर्छ
त्यो भ्रम भत्काउन चाहन्छु
विभाजित मान्छे होइन
समग्र एउटा मान्छे हुन चाहन्छु
जित्न चाहन्छु
समानताको युद्घ
०००
एउटा असल मान्छे बन्न सकूँ
-मिथिलेश आदित्य

एउटा असल मान्छे बन्न चाहन्छु
ताकि ईश्वर
मेरो असल कामबाट प्रभावित होस्
मसँग हात मिलाउन चाहोस्
मसँग उभिएर
फोटो खिचाउन चाहोस्
मेरो अटोगा्रफ लिन चाहोस्
म निरन्तर निरन्तर
ईश्वरको अभिन्न अङ्ग बन्न सकूँ
म संसारको जटिलभन्दा जटिल
समस्या समाधान गर्न सकूँ
सबैको आवश्यक बन्न सकूँ
शुभेच्छूक बन्न सकूँ
शक्ति बन्न सकूँ
र सबैका सेवा र रक्षा गर्न सकूँ
अर्थात्
मेरो जन्म सार्थक होस्
यो धर्ती र यो आकाशका लागि
मान्छेका लागि मान्छे हुन
ईश्वरका लागि ।

ताकि ईश्वर
मेरो असल कामबाट प्रभावित होस्
म एउटा असल मान्छे बन्न सकूँ ।
०००

Friday, December 13, 2019

लामखुट्टे
-मिथिलेश आदित्य
लामखुट्टेको दुर्बल समाज
वातावरण र जिन्दगी देखेर
मान्छे गर्दे आइरहेकोछ
उसको हत्या
साथै आरोपको कठघरामा उभिएर
उद्घोष गरिरहेछ —
लामखुट्टे रगत पिएर फैलाइरहेछ
मलेरिया ÷ फ्लेरिया ÷ डेंगु
र अन्य धेरै रोगहरु
र भनिरहेछ
यसले न आनन्दले सुत्न दिन्छ
न निर्धक्क ब्यूँझन
सधैं कान नजिक आएर
बिनाकारण गुनगुनाउँछ
विरहको उदास गीत

मान्छे दुःखी छ ऊसँग

मान्छे र लामखुट्टेबीचको
यो द्वन्द्वात्मक समाचार सुनेर
आज म लामखुट्टेमाथि
गम्भीर सोध गरिरहेको छँु
संवेदनशील छँु लामखुट्टेप्रति
उसको चिन्तन स्वाभाव र कर्मलाई
पढिरहेछँु
लामखुट्टे रगत पिउँदैन
रगत जाँच्छ
मानिसको नसा—नसामा
राष्ट्रप्रेम, समाज र मान्छेप्रति
ऊभित्र रगत बग्छ कि बग्दैन
सेवाभाव उसको मनभित्र छ कि छैन ।
अर्थात् लामखुट्टे
मान्छेका सम्पूर्ण काम परीक्षण गरेर
मान्छेका मानसिकतासंग निकट हुँदै
मान्छेको कान नजिक गएर
राष्ट्रभक्ति को गीत गुनगुनाउँछ
र जागरुक बनाउँछ मन र मस्तिष्क
इमान्दारीसँगै—
राष्ट्रप्रेम, समाज र मान्छेप्रति
स्नेह बढाउन चाहान्छ
र सचेत गराउँछ स्वास्थ्यप्रति ।

तर अफसोस
लामखुट्टेको सानो संसारमा
उसको सूक्ष्म स्वरुप देखेर
ऊमाथि कसैको सकारात्मक दृष्टि छैन
उसको कुनै इज्जत छैन
मान्छे उसको स्वभावलाई चिन्न चाहँदैन
ऊबाट धेरै सिक्नुपर्ने हो मान्छेले
तर अचम्भ ! सिक्न चाहँदैन ।
०००