Saturday, December 28, 2019

एउटा असल मान्छे बन्न सकूँ
-मिथिलेश आदित्य

एउटा असल मान्छे बन्न चाहन्छु
ताकि ईश्वर
मेरो असल कामबाट प्रभावित होस्
मसँग हात मिलाउन चाहोस्
मसँग उभिएर
फोटो खिचाउन चाहोस्
मेरो अटोगा्रफ लिन चाहोस्
म निरन्तर निरन्तर
ईश्वरको अभिन्न अङ्ग बन्न सकूँ
म संसारको जटिलभन्दा जटिल
समस्या समाधान गर्न सकूँ
सबैको आवश्यक बन्न सकूँ
शुभेच्छूक बन्न सकूँ
शक्ति बन्न सकूँ
र सबैका सेवा र रक्षा गर्न सकूँ
अर्थात्
मेरो जन्म सार्थक होस्
यो धर्ती र यो आकाशका लागि
मान्छेका लागि मान्छे हुन
ईश्वरका लागि ।

ताकि ईश्वर
मेरो असल कामबाट प्रभावित होस्
म एउटा असल मान्छे बन्न सकूँ ।
०००

No comments:

Post a Comment