Sunday, January 5, 2020

भावनाको मायामा
-मिथिलेश आदित्य
मैले त
आफ्नै देश जस्तै
अरु देशको माटो
आफ्नो निधारमा लगाएँ ।

एकताको कुरो लिएर
मित्रताको हात जोडेर
हृदयको गाँठों खोलेर
पिरतीको चाहना जस्तै ।

तर यहाँ—
यस्तो मान्छे हेरेर खुशी हुईंदैन !
यस्तो भावनाको कदर हुदैन ! !

त्यसैले अब—
आफ्नो भावनालाई समेटेर
आफ्नौ देश तर्फ लागें
दुःखी मनले भन्दै
हस् त फेरि भेटौंला है—
कुनैदिन
तिम्रो अाँसु बनेर !
आफ्नो अाँसुसंग ! !
एउटा पश्चातापको
नदी बगाउन ।
०००

No comments:

Post a Comment