Sunday, January 5, 2020

सूचना दिनेलाई सूचना
-मिथिलेश आदित्य
सूचना दिनेलाई सूचना
मेरो तर्फबाट—
तपाई दिनुहुन्र्छ  सूचना
कहिले केटा हराएको
कहिले केटी हराएको
कहिले कुनै सामान हराएको
यस्तै धैरे खालका सूचना
साथै इनाम पनि राख्नु हुन्छ
चना—गुँड़ चिउरा
अरु जगद रुपैयाँ ।

म सूचना सुनेर
इनाम प्राप्तिका लागि
हराएको बारे
सोध खोज गर्छु गाउँ—सहर
तर तपाई
यो सूचना दिनु हुन्न
अब सफल हुन्छ
कसैबाट तपाईको सूचना
यता म
सूचनाको बारेमा
वियोगमा हुन्छु
हराएको पत्ता नलागेमा
आशंकित हुन्छु
असफलताको अँध्यारामा
तपाई संग निवेदन छ
सूचनाको सफलताको पनि दिनुस सूचना
किनकि
म जस्ता यहाँ धेरै होलान्
हराएको बारे
सूचनाको पछाडि़ लाग्ने
भोको पेट
आफ्नो परिवारलाई
भरोसाको बन्धनमा बाँधेर
इनाम प्राप्तिका लागि ।
०००

No comments:

Post a Comment