Sunday, January 5, 2020

म लेख्ने छु कविता
-मिथिलेश आदित्य
म लेख्ने छु कविता
म त्यस बेला कविता लेख्ने छु
जब साउनको बर्सात् हुने छ
जसले दिन्छ
मेरी प्रियसी आउनुको संञ््केत
ऊ मेरो स्नेही आलिङ्गनमा हुनेछे
र त्यहाँ हुनेछन, प्रेमिल कुराहरु
यसै विच विर्सिएका कुराहरु सम्झदै ।

म लेख्ने छु कविता ।

मलाई विश्वास छ
मेरो कवितामा जन्मिन्छ समुन्द्र
जन्मिन्छ तुफान
जन्मिन्छ पहाड़
जन्मिन्छ संघर्ष
र जन्मिन्छन, अरु धेरै कुरा
जसबाट सिक्ने छन् मान्छेले
मान्छे हुनुको अर्थ—
एउटा सुन्दर जीवन बाँच्नका लागि
आफ्नो जीवन, अरुको जीवन सम्हाल्दै
एक अर्कासंग स्नेह बांड्दै ।

यसरी नै म लेख्ने छु कविता
निरन्तर लेखिरहने छु ।
०००

No comments:

Post a Comment