Sunday, January 5, 2020

एउटी युवती
-मिथिलेश आदित्य
एउटी युवती
घरमा
अभिनेत्री ऐश्वर्याको फोटो सजाएर
उभिएकी हुन्छिन्
सँघारमा युवती
आशाको पोको बोकेर
सप्तरंगी सपना सजाएर
कुनै शाहरुख जस्तो
जीवनसाथीको पर्खाइमा
सुनौलो भविष्यको कल्पना सँगै ।

तर आज
गर्नु पर्नेछ
बाबु आमालाई
दुल्हाको बजेट पास
किनकि अब यहाँ
भावना, नाता—सम्बन्ध
सपना खरीद बिक्री हुँदैछन्
लिलाम हुँदैछन् ।
०००

No comments:

Post a Comment