Sunday, January 5, 2020

ईश्वरको पाठशालामा
-मिथिलेश आदित्य
ईश्वरको पाठशालामा—
कालो पाटी  छ आकाशको
जहाँ युगौंदेखि—
लेखिएको छ मान्छेको इतिहास
किन—
यति दुःख कष्ट सहेर धर्ती
आफ्नो छातीमा
उभ्याउन चाहन्छ मान्छेलाई
तर,
स्वार्थको चक्रब्यूहमा जुन मान्छे
विर्सन्छ
धर्तीको उद्देश्य,
मर्यादा र पीड़ा
जसको परिणाम
भोगिरहे छ मान्छे
र झर्देछ
नैतिकताको धरातलबाट
तल—
धेरैतल
ईश्वरको पाठशालामा ।
०००

No comments:

Post a Comment